विकासअस्तिसम्म संसारकै सुन्दर थिएउ तिमि, हिजो
सुन्दरता घटेको पाए, आज त कुरुप नै भैसकिछेउ,
आफ्नो खुशी को वास्तै नगरी अरुलाई तृप्त देख्न
चाहने तिमीलाई आज बिकशित समाजमा बस्ने
भनौदा हरुले विकासको नाममा बिनाश तर्फ
हुत्त्याइरहेछन, म देखिरहेछु, क्रोधित छु तै पनि
मौन छु, अनि सोची रहेछु ,
कस्तो अनौठो विकास ।उस्तै थियौं हामि जब सानो थियौं, सबैकै प्यारो
अनि दुखसुख को साथी पनि
आज एक्लिएका छौं हामि न कोहि दुख साट्न
आउछ न त सुख साट्न नै किनकि
आज हामी दुवै कुरुप छौं, मलाइ समयको विकासले
कुरुप बनायो, तिमीलाई समाजको विकासले
म हामि दुबैको कुरुपता देख्न सक्छु महसुस
गर्न सक्छु, त्यसैले त क्रोधित छु तै पनि मौन
छु, बस सोचिरहेछु,
कस्तो अनौठो विकास ।हामि दुवै हाँसको हुलमा बकुल्ला भएका छौं
अझ बाघको हुलमा बाख्रा भएका छौँ, तिमि
यत्रतत्र छरिएका आफ्ना जान जोगाउन आँतुर
छौ, अनि मा आफ्नो जिबन
तिमि निरिह छौ किनकि तिम्रो तनमा आगो लागेको
छ, म निरिह छु किनकि मेरो मनमा आगो लागेको छ,
म मेरो मनको आगो पनि महसुस गर्न सक्छु अनि
तिम्रो तनको पनि,
हाम्रो तनमन मा आगो लगाउनेहरुलाई सम्झन्छु अनि
क्रोधित हुन्छु तै पनि मौन छु बस सोच्दै छु अनि
सोचिरहेछु ,कस्तो अनौठो विकास । ।
No comments:
Post a Comment