![]() |
| रचना /लेखक : सबिन घिमिरे |
आज म साँझ पर्नासाथ ए बा, ए आमा भनेर
चिच्याएको सम्झदै छु,
दिदीले स्नेहका साथ् दिएको अन्जुली भरिको
ऐसेलुलाइ सम्झदै छु,
स-साना कुरामा ठुस्किदा आमा फकाउन
आएको सम्झदै छु,
बाले ल्याइदिएको त्यो खेलौना भटभटेलाइ
सम्झदै छु ।
आज म पैदल यात्रामा छु, फुर्सदिलो छु,
मौका पाएको छु, त्यसैले त सम्झिदै छु ।
म मुस्कुराई रहेछु किनकि म सम्झिरहेछु,
म मौन छु किनकि मेरो मानसपटलको सानो
कुनामा बसी रोहिरहेछन मैले बिर्सिदिदा
टुहुरा भएका ति
केहि थान याद हरु ।
आज म बाटुला परेका ति पाँचवोटा ढुंगा
हरुलाई सम्झिदै छु,
ति कलिला बन्माराका पाउलाहरुलाइ सम्झदै
छु,
अनेकथोक हालेर बनाएको मोजाको बललाई
सम्झदै छु,
अनि ओठलाई चुच्चो पारेर तु तु भन्ने ति अनुहार
लाइ पनि सम्झदै छु,
लामो समयपछि फुर्सद पाएको मैले आज धेरैलाई
सम्झिए, धेरैलाई बिर्सिए , धेरैलाई पाए अनि
धेरैलाई गुमाए
म भोलि पनि सम्झिने छु अनि पर्सि पनि तर
यथार्थ म सधै सम्झिरह्नेछु, आजसम्म बनेका
अनि बन्न बाकि ति
केहि थान यादहरु ।।

❤❤❤❤❤❤
ReplyDeletethanks !
Delete